अत्यन्त जरुरी सूचना
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरको अत्यन्त जरुरी सूचना
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्
परीक्षा नियन्त्रण कार्यालय
सानोठिमी, भक्तपुरको
डिप्लोमा/प्रमाणपत्र तहको नियमित/आंशिक परीक्षा २०८३ को
परीक्षा सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना
(सूचना प्रकाशित मिति: २०८३/०५/२६ गते)
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरको मिति २०८३/०५/२६ गतेको निर्णयानुसार यस परिषद् अन्तर्गत सञ्चालित डिप्लोमा तथा प्रमाणपत्र तहका वार्षिक/सेमेस्टर परीक्षा प्रणालीका तेस्रो वर्ष र तेस्रो वर्ष दोस्रो खण्डको नियमित/आंशिक परीक्षाहरु मिति २०८३/०६/०७ गते बिहान ७:०० बजे देखि सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै विस्तृत परीक्षा तालिका र परीक्षा केन्द्र पछि प्रकाशित गरिनेछ ।
प्रथम वर्ष, प्रथम खण्ड, दोस्रो वर्ष र दोस्रो वर्ष दोस्रो खण्डको परीक्षा सञ्चालन सम्बन्धी सूचना मिति २०८३/०६/०२ गते सम्ममा प्रकाशन गरिने व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ ।
यो सूचना www.ctevtexam.org.np मा हेर्न सकिनेछ ।
परीक्षा नियन्त्रक

Admin
Administrator

Kripa Shrestha
Principal
- No links available
